काठमाडौं, विभिन्न कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।
गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिएका । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडी भन्ने स्थानमा भएको थियो । हाल उक्त स्थानलाई ननकाना साहिब भनिन्छ । उनी शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुनुहुन्छ । अनुयायीले उनलाई बाबा नानक र नानकशाहका नामले पनि सम्बोधन गर्छन् ।
उनले रचना गरेको ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा परिचित छ ।


NPL Special
NPL Special
NPL Special
NPL Special