हेटौँडा, शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको शिक्षक छनोट परीक्षामा मकवानपुरका विभिन्न परीक्षा केन्द्रबाट २० थान मोबाइल फोन जफत गरिएको छ।
परीक्षा हलमा मोबाइल लैजान निषेध गरिए पनि २० जनाले लुकाएर मोबाइल लगेपछि जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए।
जिल्लाका २७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा छ हजार ८३६ परीक्षार्थी सहभागी भएका थिए। परीक्षा निष्पक्ष र मर्यादित बनाउन आयोगले परीक्षा हलभित्र मोबाइल लैजान रोक लगाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special