झापा, झापाको मेचीनगर नगरपालिका-१ स्थित भालुखोपको जङ्गलमा लुकाएर राखिएको १९ हजार ४०० किलो फर्सीको बियाँ बरामद भएको छ।
सशस्त्र प्रहरी बलको टोलीले ४८५ बोरा फर्सीको बियाँ बेवारिसे अवस्थामा फेला पारेको हो। बरामद बियाँको अनुमानित मूल्य एक करोड १६ लाख ४० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिए।
बरामद बियाँ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ। सीमावर्ती क्षेत्रमा अवैध निकासीका लागि कृषि उपज लुकाएर राख्ने गरिएको पाइएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special