झापा, झापाको मेचीनगर नगरपालिका-४ बाहुनडाँगीमा भारतबाट दैनिक ठूलो सङ्ख्यामा जङ्गली हात्ती प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। हात्तीले सीमा क्षेत्रमा निर्माण गरिएको सौर्य विद्युतीय घेराबारा तोडेर साँझको समयमा बथानसहित नेपाल प्रवेश गर्ने गरेका छन्।
वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार हात्तीले खेतमा राखिएको काटेको धान र कुन्युमा क्षति पुर्याएको छ। धानबाली भित्र्याउन बाँकी रहेकाले किसान थप चिन्तित छन्।
भारतको दार्जिलिङ र जलपाइगुढीस्थित महानन्दा वन्यजन्तु आरक्षबाट मेची नदी तरेर सय वटासम्म हात्तीको बथान बाहुनडाँगी आउने गरेको छ। सुरक्षाकर्मी र स्थानीयले हात्ती रोक्ने प्रयास गरे पनि प्रभावकारी हुन सकेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सीमाको घेराबारा तोड्दै हात्तीको बथान नेपाल प्रवेश, बाहुनडाँगीवासी त्रसित
Previous Articleविभिन्न संसदीय समितिको बैठक बस्दै
Next Article सुन प्रतितोला ५०० र चाँदी ३५ रुपैयाँले बढ्यो


NPL Special
NPL Special
NPL Special
NPL Special