काठमाडौं, प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तारसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
उक्त प्रणाली विस्तारसम्बन्धी विषयमा उजुरी परेपछि समितिको मंगलबार बसेको बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो। बैठकपछि समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित कागजात सात दिनभित्र समितिमा बुझाउन निर्देशन दिए।
लोकतन्त्रका मूल्य, मान्यता, विधि, प्रणाली र प्रक्रियाअनुसार काम भए–नभएको अध्ययन गर्न कागजात माग गरिएको उनले बताए। आवश्यक कागजात अध्ययन गरेपछि समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर थप काम अघि बढाउने उनको भनाइ थियो। आफूहरूको समिति अख्तियार वा अदालत नभएकाले अधिकार क्षेत्रभित्र रहेर काम गर्ने उनले स्पष्ट पारे।
बैठकमा सांसद मनिष झा र रुकेश रञ्जितलगायतले प्राधिकरणले विभिन्न काममा पटक–पटक एउटै कम्पनीलाई ठेक्का दिएको विषयमा प्रश्न उठाए। उनीहरूले डिजिटल तथ्याङ्कको सुरक्षाको सुनिश्चितता, विस्थापित हुन लागेको प्रविधि नेपालमा भित्र्याउन खोजिएको हो कि भन्ने विषयमा समेत चासो व्यक्त गरे।


NPL Special
NPL Special
NPL Special
NPL Special