काठमाडौं, वीरगन्ज महानगरपालिका–२ छपकैयामा आयोजित आँखा शिविरमा १५१ जनाले सेवा लिएका छन् । शिविरमा आँखा परीक्षण गरिएकामध्ये २९ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
छपकैया नेपाली समाजको आयोजना तथा वीरगञ्ज सामुदायिक आँखा अस्पताल र काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा शनिबार शिविर सञ्चालन गरिएको हो । विभिन्न कारण आँखाको उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा मोतियाबिन्दु देखिएका बिरामीको सोही दिन निःशुल्क शल्यक्रिया गरिएको शिविरका संयोजक अजित भुजेलले जानकारी दिए ।
छपकैया नेपाली समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special