म्याग्दी, म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका बासिन्दाले जङ्गलमै बसेर पर्यटकीयस्थल सोवाङधुरी पुग्ने पाँच किलोमिटर पदमार्ग निर्माण गरेका छन्। गाउँपालिकाको नौ लाख रुपैयाँ बजेटमा ३० जना मजदुरले पाँच हप्तामा पदमार्ग बनाएका हुन्। तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीबाट धवलागिरिसहित विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिन्छ। पदमार्गले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special