काठमाडौं, जन्मजात तथा वंशाणुगत रोगको समयमै पहिचान गर्न नवजात शिशुको स्क्रिनिङ सेवा देशव्यापी विस्तार गर्नुपर्नेमा चिकित्सकले जोड दिएका छन्। जन्मँदा स्वस्थ देखिने शिशुमा समेत यस्ता रोग हुनसक्ने र समयमै पहिचान नहुँदा जटिलता बढ्न सक्ने उनीहरूको भनाइ छ।
परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार नेपालमा प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशुको मृत्युदर घटाउन संक्रमण, समयअगावै जन्म र कम तौलजस्ता कारणसँगै जन्मजात रोगको पहिचान र उपचारमा पनि ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० देखि निःशुल्क नवजात शिशु स्क्रिनिङ सेवा सञ्चालन गरिरहेको छ। जन्मेको २४ देखि ७२ घण्टाभित्र शिशुको कुर्कुच्चाबाट रगतको नमुना लिएर सात प्रकारका रोगको जोखिम परीक्षण गरिन्छ।
अस्पतालका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजार परीक्षण गर्दा १६५ जनामा रोगको शङ्कास्पद नतिजा देखिएको थियो। थप परीक्षणपछि ५० भन्दा बढीमा रोग पुष्टि भएको छ। स्क्रिनिङ परीक्षणले रोगको सम्भावना देखाउने भएकाले शङ्कास्पद नतिजा आएका शिशुको थप परीक्षण आवश्यक हुन्छ।
चिकित्सकले सेवा विस्तारका लागि आवश्यक बजेट, नमुना सङ्कलन प्रणाली र जनचेतना बढाउनुपर्ने बताएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special