नेपाली कांग्रेसले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीबाट २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। कार्यसम्पादन समितिको बैठकले आजै नामावली बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए। सूचीमा आदिवासी जनजाति र खसआर्यबाट ६–६ जना तथा थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना समेटिनेछन्। तीमध्ये १५ जना महिला अनिवार्य हुनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से ४.४५ अंकले बढ्यो, कारोबार १४ अर्ब नाघ्यो
Next Article राप्रपाले समानुपातिक सांसदका ४ नाम टुङ्ग्यायो


