काठमाडौं, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा, साक्षरता र गलत सूचना तथा दुष्प्रचार नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । मन्त्रालयमा शुक्रबार संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र युनेस्कोका प्रतिनिधिसँगको भेटमा उनले सुरक्षित र समावेशी डिजिटल समाज निर्माणका लागि दीर्घकालीन नीति, कानुन र संस्थागत क्षमता विकासमा जोड दिए । भेटमा डिजिटल माध्यमबाट फैलिने भ्रामक सूचना नियन्त्रण, तथ्य जाँच, व्यक्तिगत गोपनीयताको संरक्षण र नागरिकको डिजिटल साक्षरता अभिवृद्धिमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
डिजिटल सुरक्षा र गलत सूचना नियन्त्रण सरकारको प्राथमिकतामा
Previous Articleपर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी
Next Article सात अंकले घट्यो नेप्से


NPL Special
NPL Special
NPL Special
NPL Special