मकवानपुर, मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना भएको छ। नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ५ः४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डबाट करिब ५०० मिटर तल खसेको हो।
प्रारम्भिक जानकारीअनुसार गाडीमा चालकसहित १३ देखि १४ जना सवार थिए। दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको छ। प्रहरी, सेना र सशस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। दुर्घटनामा भएको मानवीय क्षति र घाइतेको विवरण आउन बाँकी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special