काठमाडौँको मच्छेगाउँमा अवैध रूपमा घरेलु मदिरा बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई हाल मच्छेगाउँ बस्ने मदन तामाङ र २३ वर्षीय समीर तामाङ रहेका छन्।
उनीहरूलाई अवैध मदिराको व्यापार गरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।


