भारतीय विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध बहुआयामिक रहेको बताउँदै पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्ति निरन्तर रहने जनाएको छ। प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापार र रणनीतिक सहकार्य मजबुत रहेको उल्लेख गरे। इन्धन आपूर्ति सम्झौताअनुसार जारी रहने र रासायनिक मल पनि आवश्यकताअनुसार उपलब्ध गराइने भारतको भनाइ छ। नेपालले मल खरिदका लागि भारतसँग जीटुजी सम्झौता गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


