काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेज व्यवस्थापन प्रक्रिया प्रत्यक्ष हेर्न पाउने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थलको आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा ‘लाइभ फिड’ सेवा सुरु गरिएको हो।
नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले विमानबाट सामान झारिएकोदेखि ब्यागेज बेल्टसम्म पुर्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य आगमन कक्षमै हेर्न सक्नेछन्।
यसबाट यात्रुले आफ्नो सामानको अवस्था थाहा पाउनुका साथै ब्यागेज प्राप्त गर्न कति समय लाग्न सक्छ भन्ने अनुमान गर्न सहज हुने अपेक्षा गरिएको छ। यसअघि सामान बेल्टसम्म आइपुग्ने समयबारे प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन।



NPL Special
NPL Special