अखिल नेपाल फुटबल संघ एन्फाले साफ फुटसल च्याम्पियनसिप खेल्न जाने नेपाली पुरुष तथा महिला टोलीलाई बिदाई गरेको छ। एन्फा मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममा टोलीलाई शुभकामनासहित बिदाई गरिएको थियो। थाइल्यान्डको बैंककमा जनवरी १३ देखि २६ सम्म हुने प्रतियोगितामा महिलातर्फको खेल १३ र पुरुषतर्फको खेल १४ जनवरीबाट सुरु हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


