प्रतिनिधिसभाले असार १५ सम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरे पनि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरेको छैन। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा यस्तो कार्यक्रम अनिवार्य भए पनि जेठ र असारमा छुटाइएको हो। संसद सचिवालयले बजेटमाथि केन्द्रित छलफलका कारण कार्यक्रम नराखिएको जनाएको छ। आगामी दिनमा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि व्यापक छलफल तथा पारित गर्ने कार्यसूची तय गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
संसदीय क्यालेन्डरमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छैन
Previous Articleपुनः श्रम स्वीकृति प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाइने
Next Article आजदेखि सुरु भयो अधिकमास, असार १ सम्म रहने


