वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन्। शिक्षा मन्त्रालयअन्तर्गत एनओसी शाखाले अनलाइन पोर्टललाई त्रिवि र केयूसँग जोड्दै फेसलेस सेवा सुरु गरेको हो। विद्यार्थीले अनलाइन आवेदन, राजस्व भुक्तानी र प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन्। विश्वविद्यालय विवरणसमेत सिस्टमबाट प्रमाणीकरण हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


