२०८३ असार ४
कारोबार रकम घटेसँगै बिहीबार नेप्से ५.०६ अंकले घटेर २७०० अंकमा झरेको छ।
भारतीय अवरोधका कारण इलाम र झापाका दर्जनौं चिया उद्योग बन्द हुँदा ६० हजारभन्दा बढी श्रमिक र किसानको जीविकोपार्जन संकटमा परेको छ।
देशव्यापी आर्थिक गणनाअन्तर्गत हालसम्म १२ लाख ९८ हजारभन्दा बढी प्रतिष्ठानबाट विवरण संकलन भइसकेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
२०८३ असार ३
अर्थमन्त्री स्वर्णिम वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत र चीनसँग सक्रिय कूटनीतिक पहल भइरहेको बताएका छन्।
चार दिनको लगातार गिरावटपछि नेप्से बुधबार स्थिर रहँदा कारोबार रकम भने घटेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सीईओसहित उच्च व्यवस्थापकीय पद तीन महिनाभित्र पूर्ति गर्नुपर्ने व्यवस्था प्रस्ताव गर्दै कर्मचारी सुविधासम्बन्धी नयाँ मापदण्ड अघि सारेको छ।
नेपाल राष्ट्र बैंकले सगरमाथा, लालीगुराँस र नयाँ सुरक्षा विशेषतासहित ५०० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।
२०८३ असार २
सरकारले ११ महिनामा कुल राजस्व लक्ष्यको करिब ७३ प्रतिशत मात्र संकलन गरेको छ भने अनुदानमा ठूलो कमी देखिएको छ।
दूरसञ्चार प्राधिकरणले फिसिङ लिंकयुक्त सन्देशबाट साइबर ठगीको जोखिम बढेकाले अपरिचित स्रोतबाट आएका लिंकमा क्लिक नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा मलेसिया प्रमुख गन्तव्य बनेको छ।