२०८३ जेठ २८
एमालेले आगामी आर्थिक वर्षको बजेटले गरिब र निमुखा वर्गको जीवनस्तर सुधार नगरी धनी र गरिबबीचको खाडल झन् बढाउने आरोप लगाएको छ।
फिफा विश्वकप–२०२६ को अनधिकृत प्रसारण रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउने प्रक्रिया अघि बढाएको छ।
बिहीबार नेप्से ८.१४ अंकले घट्दा कारोबार रकम पनि घटेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले कर चलखेलको आरोप प्रमाणित भए सार्वजनिक जीवनबाट अलग हुने घोषणा गर्नुभएको छ।
२०८३ जेठ २७
अर्थमन्त्री वाग्लेले कर दर हेरफेर सरकारको कानुनी अधिकारभित्र पर्ने बताएका छन्।
वैदेशिक रोजगारीका क्रममा पछिल्लो १० महिनामा १,२९४ नेपालीको मृत्यु भएको बोर्डको तथ्यांकले देखाएको छ।
भारतले नेपाललाई पहिलो चरणमा ५० हजार मेट्रिक टन युरिया र डीएपी मल उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
सामान्य सुधारसहित बुधबार नेप्से बढ्दा ४ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
२०८३ जेठ २६
पर्यटन आय घट्दै र खर्च बढ्दै जाँदा नेपालको सेवा आय ६८ अर्बभन्दा बढी घाटामा पुगेको छ।
नेपालमा खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिका कारण मुद्रास्फीति झन्डै दोब्बर बढेर ५ प्रतिशतभन्दा माथि पुगेको छ।