२०८३ श्रावण १३
सरकारसँग सहमति हुन नसक्दा चिकित्सकहरूको आन्दोलन जारी रहँदा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित बनेका छन्।
सर्वोच्च अदालतले मापदण्ड नबनेसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्न अन्तरिम आदेश दिएको छ।
२०८३ श्रावण १२
मानव अधिकार आयोगले स्वास्थ्य सेवा बन्दले नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै सेवा सुचारु गर्न आग्रह गरेको छ।
अवैध गतिविधिमा संलग्न रहेको आरोपमा नेपालले साढे पाँच वर्षमा २,५५७ विदेशी नागरिकलाई डिपोर्ट गरेको छ।
एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्ने संख्या चार पुगेको छ।
नारायणी अस्पतालका चिकित्सकहरूले आक्रमण र प्रशासनको व्यवहारको विरोधमा सामूहिक राजीनामा दिँदै सेवा प्रभावित बनाएका छन्।
सुनसरी घटनाको विरोधमा प्रदर्शन जारी रहँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ भने प्रभावित क्षेत्रमा कर्फ्यु र निषेधाज्ञा कायम छ।
चिकित्सकमाथि भएको आक्रमण र दुव्र्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आज देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ।
२०८३ श्रावण ११
सुनसरी घटनापछि मानव अधिकार आयोगले निष्पक्ष अनुसन्धान, शान्ति सुरक्षा सुदृढीकरण र सामाजिक सद्भाव कायम गर्न सरकारलाई निर्देशन दिएको छ।
सुनसरी घटनापछि सरकारले सीडीओसहित सुरक्षा प्रमुखको जिम्मेवारी परिवर्तन गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ।