२०८३ श्रावण १४
सुनसरी घटनापछि सुरक्षा संवेदनशीलता बढेपछि वीरगन्जका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन्।
सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाको लहान क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
धनुषाका विभिन्न क्षेत्रमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
सुनसरी घटनाको विरोधमा आह्वान गरिएको बन्दले जनकपुरधामको जनजीवन प्रभावित भएको छ।
सुरक्षा अवस्था बिग्रन सक्ने भन्दै सिरहाको गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ।
२०८३ श्रावण १३
सरकारले सुरक्षित, हरित र प्रविधिमैत्री यातायात प्रणाली विकास गर्ने लक्ष्यसहित राष्ट्रिय यातायात नीति २०८३ लागू गरेको छ।
देवानगञ्ज घटनापछि हवाई गस्ती र संयुक्त सुरक्षा परिचालनसँगै प्रभावित क्षेत्रमा कर्फ्यु यथावत् राखिएको छ।