२०८३ श्रावण २९
शेरबहादुर देउवाले कांग्रेस संस्थापन इतर पक्षको तीनदिने राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच देशभरको बाढीपहिरोलगायत विपद्का विषयमा छलफल भएको छ।
२०८३ श्रावण २८
समर्थन गुमाएर अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा घोषणा गरेका छन्।
सर्वोच्चले ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ।
देउवाले जनता नै देशका मालिक भएको बताउँदै अदालतप्रति पूर्ण विश्वास रहेको र आफू लडिरहने बताएका छन्।
सांसदहरूले देशभरको खानेपानी समस्या समाधानका लागि तीन तहका सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था तत्काल परिवर्तन नगर्ने जनाएको छ।
देउवाले व्यक्तिगत पद वा शक्ति नभई राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।
२०८३ श्रावण २७
रवि लामिछानेले रास्वपाले परिणाम दिन नसके युवाको नेतृत्वप्रति नै नकारात्मक भाष्य बन्न सक्ने चेतावनी दिएका छन्।
आईजीपी कार्कीले नेपाल प्रहरीको विवादित खरिद प्रक्रियामा राज्यकोषबाट रकम खर्च नभएकाले भ्रष्टाचार नभएको दाबी गरेका छन्।