काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका सबै टिकट बिक्री खुला भएको केही मिनेटमै सकिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको भन्दै दर्शकले असन्तुष्टि जनाएका थिए ।
शुक्रबार जारी विज्ञप्तिअनुसार टिकट बिक्री सुरु हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैपटक खरिद प्रयास गरेका थिए । ठूलो सङ्ख्यामा प्रयोगकर्ताको चाप र सीमित टिकट उपलब्धताका कारण केही मिनेटमै सबै टिकट बिक्री भएको क्यानको भनाइ छ ।
नेपाली क्रिकेटप्रति दर्शकले देखाएको उत्साह र समर्थनप्रति आभार व्यक्त गर्दै क्यानले टिकट खरिद गर्न नपाएका समर्थकसँग असुविधाप्रति क्षमा मागेको छ । साथै, टिकट नपाएका दर्शकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत खेल हेर्न आग्रह गरेको छ ।



NPL Special
NPL Special
NPL Special
NPL Special