काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको २२औँ खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराले पहिले ब्याटिङ गर्दै विराटनगरसामु लक्ष्य प्रस्तुत गर्नेछ।
पोखराका कप्तान चमिका करुणारत्नेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि विराटनगरलाई फिल्डिङको जिम्मा दिएका हुन्।पाँच खेलबाट चार अङ्क जोडेको विराटनगर छैटौँ स्थानमा छ भने दुई अङ्कसहित पोखरा तालिकाको पुछारमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleन्युयोर्कमा भवन भत्किँदा दुईको मृत्यु, १७ घाइते
Next Article वीरगञ्ज कारागारबाट एक कैदी फरार


NPL Special
NPL Special
NPL Special
NPL Special