रवि लामिछानेको भदौका लागि तय चीन भ्रमण स्थगित भएको छ भने नयाँ मिति अझै तय भएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भदौ पहिलो साताका लागि तय चीन भ्रमण हाललाई स्थगित भएको छ। भदौ ७ देखि १४ गतेसम्म पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जाने तयारी थियो। नयाँ मिति तय नभए पनि उनी असोजतिर चीन जान सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। यसबीच सांसदहरूको पाँच सदस्यीय टोली भदौ ८ गते चीन प्रस्थान गर्दैछ।


