लगातार चौथो कारोबार दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक १.५४ अंक घटेर २७३३ अंकमा पुगेको छ। यद्यपि कारोबार रकम भने बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन वैशाख १५ यताकै उच्च हो। १०५ कम्पनीको मूल्य बढ्दा १५१ कम्पनीको घट्यो। सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको मूल्य १५ प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कारोबार रकम भने उच्च
Previous Articleनागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि सञ्चालन गर्ने तयारी
Next Article २५ आवश्यक सेवा क्षेत्रमा हड्ताल निषेध


