त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ ।
नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षणकेन्द्रित संस्थाबाट अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा आधारित ‘रिसर्च युनिभर्सिटी’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । साथै, शैक्षिक, प्रशासनिक र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै क्रमशः ‘डिजिटल विश्वविद्यालय’मा रूपान्तरण गर्ने नीति अघि सारिएको छ ।
यो नीति तथा कार्यक्रम विश्वविद्यालयको रणनीतिक योजना २०२४-२०२८ र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदनसँग तादात्म्य हुने गरी तयार गरिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘रिसर्च र डिजिटल युनिभर्सिटी’ बन्ने त्रिविको योजना
Previous Articleआज यस्तो छ विदेशी मुद्राको विनिमयदर
Next Article दसैँमा रुपैडिहाको रौनक किन घट्यो?


