नेपाली कांग्रेस सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश रहेको बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्दै उनले सरकारप्रति बढ्दो असन्तुष्टिलाई कांग्रेसले खुसीको विषय नभई गम्भीर चिन्ताका रूपमा लिनुपर्ने बताए। भदौ २३ र २४ गतेको घटना एकाएक नभएको उल्लेख गर्दै उनले नागरिकको सञ्चित आक्रोश पछिल्लो निर्वाचनमा मतमार्फत अभिव्यक्त भएको विश्लेषण गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


