सुनसरी, गाईघाट फुटबल क्लब उदयपुरलाई ५-० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आयोजक स्वर्णिम क्लबका खेलाडी सजिना स्याङ्ताङले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले खेलको ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै समीक्षा मगरले खेलको ३७औँ र ८६औँ मिनेटमा थप दुई गोल गरेपछि स्वर्णिम ५-० गोलअन्तरले विजयी भएको हो ।
आजको खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन् ।
प्रतियोगिताअन्तर्गत सोमबार (आज) त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleउदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न
Next Article किसानको बाली जोगाउन प्रहरी खेतमा


NPL Special
NPL Special
NPL Special
NPL Special