काठमाडौं, चार दिवसीय छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ। सूर्यदेव र छठीमाताको आराधना गरिने यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानलाई जोड्ने गरेको छ। तराई–मधेसका गाउँसहरमा पर्वको रौनक बढेको छ भने पूजाका सामग्री किनमेल गर्नेको चहलपहल पनि बढेको छ।
छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत सम्पन्न गर्ने परम्परा छ। सन्तानको सुख, स्वास्थ्य, दीर्घायु र पारिवारिक समृद्धिको कामनासहित श्रद्धालुहरू कठोर व्रत बस्ने गर्छन्।
छठले जातीय तथा सामाजिक विभेदभन्दा माथि उठेर समानता र सामूहिक एकताको सन्देश दिन्छ। यस पर्वले स्थानीय कृषि उत्पादन, बाँस तथा माटाका परम्परागत सामग्रीको प्रयोगमार्फत किसान, कुमाले र हस्तकर्मीको जीविकोपार्जनमा समेत योगदान पुर्याउँछ। सूर्य, जल र प्रकृतिको पूजा गरिने छठले जलाशय तथा वातावरण संरक्षणको महत्त्वसमेत उजागर गर्छ।


NPL Special
NPL Special
NPL Special
NPL Special