काठमाडौं, तिहारको रौनकसँगै पटाका पड्काउने प्रवृत्ति बढ्दा वायु तथा ध्वनि प्रदूषण र स्वास्थ्य जोखिम गम्भीर बन्दै गएको छ। काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १४३ पुगेको छ, जुन अस्वस्थ तह हो। वातावरणविद्हरूले पटाकाबाट निस्कने धुवाँ र विषाक्त ग्यासले वातावरण तथा जीवजन्तुमा असर पार्ने बताएका छन्। चिकित्सकका अनुसार पटाकाको १४० देखि १५० डेसिबलसम्मको आवाजले कानको भित्री संरचनामा क्षति पुर्याउँदै स्थायी बहिरोपनसमेत निम्त्याउन सक्छ। वातावरण विभागले प्लास्टिकका फूलको सट्टा प्राकृतिक फूल र पटाकाको विकल्प अपनाउन आग्रह गरेको छ। यसैबीच, पर्सामा घरअगाडि पटाका पड्काउँदा छर्रा लागेर आठ वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special