काठमाडौं, दैलेखमा श्रीमान्को बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी मनिषा सलामी मगरको पनि मृत्यु भएको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान घरायसी विवादका क्रममा श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गरेका थिए।
आक्रमणमा गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र तीन वर्षीया छोरी करिश्मा सलामीको उपचारका क्रममा दुल्लु नगर अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै, गम्भीर घाइते मनिषाको दिउँसो २:१० बजे प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घटनामा घाइते भएका ६ वर्षीय छोरा मिलन सलामीको भने उपचार भइरहेको छ।
शनिबार बिहान करिब ९:३५ बजे भएको उक्त घटनाले पानीखोला गाउँ शोकमा डुबेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special