काठमाडौं, १२ वर्षदेखि दुई पिल्लरमै सीमित घुमाउने पुल: निर्माण अघि बढाउन स्थानीयको दबाब
दमौली तनहुँको आँबुखैरेनी-५ र चितवनको भरतपुर-२९ जोड्ने त्रिशूली नदीमाथि अलपत्र घुमाउने पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले दबाब बढाएका छन् ।
१२ वर्षअघि निर्माण थालिए पनि दुईतिर पिल्लर मात्र ठडिएर काम रोकिएपछि स्थानीय अगुवाहरूले सडक डिभिजन कार्यालय दमौलीमा पुगी ध्यानाकर्षण गराएका हुन् ।
२०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भएको उक्त पुलको प्रगति जम्मा ३६ प्रतिशतमा सीमित भएपछि कार्यालयले गत वैशाखमा ठेक्का तोडेको थियो । डिभिजन प्रमुख राजीव श्रेष्ठले पुरानै वा नयाँ ठाउँबाट पुल बनाउनेबारे अध्ययन भइरहेको र चालु आर्थिक वर्षमा रु १ करोड ५० लाख बजेट विनियोजन भएको जानकारी दिए ।
बुद्धसिं मार्गअन्तर्गतको यो पुल नबन्दा सवारीसाधन तनहुँकै सिमानाबाट फर्कन बाध्य छन् । पुल निर्माण सम्पन्न भएमा देवघाटका बासिन्दा लाभान्वित हुनुका साथै पोखरा र दमौलीबाट नारायणगढ जाने दूरी २३ किलोमिटर छोटिनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
१२ वर्षदेखि दुई पिल्लरमै सीमित घुमाउने पुल: निर्माण अघि बढाउन स्थानीयको दबाब
Previous Articleलागुऔषधसहित २७ जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special