द हेग, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यानमारले आफ्नो रोहिंग्या अल्पसंख्यक समुदायमाथि नरसंहार गरेको ठहर गरेको छ । बिहीबार सार्वजनिक ऐतिहासिक फैसलामा अदालतले सन् २०१७ मा म्यानमारको राखाइन राज्यमा भएको सैन्य दमनका क्रममा रोहिंग्यामाथि नरसंहार गरिएको निष्कर्ष निकालेको हो ।
आईसीजेका अध्यक्ष युजी इवासावाले म्यानमारले उत्तरी राखाइन राज्यका रोहिंग्या समुदायलाई योजनाबद्ध रूपमा नष्ट गर्ने उद्देश्य राखेको प्रमाणित भएको बताएका छन् । फैसलाअनुसार म्यानमारका सुरक्षा बलले हजारौँ रोहिंग्या नागरिकको हत्या गर्नुका साथै महिला तथा बालबालिकामाथि व्यापक यौन हिंसा र चरम यातना दिएका थिए । उनीहरूका गाउँसमेत योजनाबद्ध रूपमा ध्वस्त पारिएका थिए ।
अदालतले हिंसाका कारण विस्थापित रोहिंग्यालाई सुरक्षित, स्वैच्छिक र सम्मानजनक रूपमा स्वदेश फर्कने वातावरण बनाउन म्यानमारलाई आदेश दिएको छ । साथै, नरसंहारमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिनसमेत निर्देशन दिएको छ ।
गाम्बियाले सन् २०१९ मा दायर गरेको मुद्दामा सात वर्ष लामो कानुनी प्रक्रियापछि आएको यो फैसला आईसीजेको ८० वर्षे इतिहासमा कुनै राज्यले नरसंहार गरेको ठहर गरिएको पहिलो घटना हो ।


NPL Special
NPL Special
NPL Special
NPL Special