काठमाडौं, चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको हालसम्मकै उच्च रेमिट्यान्स हो। यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको थियो।
असोजमा मात्रै भित्रिएको रेमिट्यान्स गत वर्षको सोही महिनाको तुलनामा उल्लेख्य बढी हो। गत वर्ष असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ भित्रिएको थियो भने भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ आएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ। यस्तै, तीन महिनामा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २१ हजार ८७९ पुगेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special