मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
कार्यक्षेत्रमा नयाँ उत्साह र जाँगर बढ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्न सक्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीका लागि अध्ययनमा राम्रो समय छ। रोकिएका कामलाई अगाडि बढाउने अवसर मिल्ने छ।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
व्यापारमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिवारमा सुख र शान्ति रहनेछ। पुराना साथीभाइसँग भेटघाट हुन सक्छ। आम्दानी र खर्चबीच सन्तुलन कायम राख्नुहोला। ठूलो लगानी गर्नुअघि राम्ररी सोच्नुहोस्। जीवनसाथीसँग आत्मीयता बढ्नेछ
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ योजना सफल बनाउन सकिनेछ। बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ। जागिरमा प्रगतिको सम्भावना छ। अनावश्यक विवादबाट टाढा रहनुहोला।प्रेमीप्रेमिकाबीच आपसी समझदारी बढ्न सक्छ।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
आज भावनामा बगेर निर्णय नलिनुहोस्पा रिवारिक सहयोग प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला। धार्मिक कार्यमा मन जानेछ।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
मानसम्मान र प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा लाभ हुने सम्भावना छ। आत्मविश्वासका साथ अघि बढ्नुहोला। आज काममा आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। अनावश्यक खर्चबाट बच्नुहोला।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। अनावश्यक शङ्काबाट टाढा रहनुहोस्। अध्ययन अध्यापनमा प्रगति हुनेछ। आर्थिक पक्ष सकारात्मक रहनेछ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ सम्बन्धबाट फाइदा मिल्न सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। खर्चमा संयम अपनाउनुहोला। आज काम र आरामबीच सन्तुलन मिलाउनुहोला।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज ऋण, सापटी वा लगानीसम्बन्धी निर्णयमा विशेष सावधानी अपनाउनुहोला। रोकिएका काम बन्ने सम्भावना छ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। आर्थिक लाभको अवसर आउन सक्छ। रिस र आवेग नियन्त्रण गर्नुहोला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज प्रिय व्यक्तिसँग रमाइलो समय बिताउने अवसर मिल्न सक्छ।
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ। यात्राको अवसर प्राप्त हुन सक्छ। परिवारबाट सहयोग मिल्नेछ।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज काममा जिम्मेवारी बढ्नेछ। आर्थिक अवस्थामा सुधार आउने सम्भावना छ। लगातार काम गरेर शरीरलाई थकित नबनाउनुहोस्। धैर्यपूर्वक आफ्नो लक्ष्यतर्फ अघि बड्नुहोस, पुराना समस्याको समाधान हुनेछ। धैर्य र लगनशीलताले सफलता दिलाउनेछ।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
मानसिक शान्तिका लागि ध्यान वा प्रकृतिमा केही समय बिताउनु उपयोगी हुन सक्छ। नयाँ अवसर प्राप्त हुन सक्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा सकारात्मक परिणाम मिल्नेछ। साथीभाइसँग राम्रो सम्बन्ध रहनेछ।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज अवसर प्राप्त भए त्यसको राम्रो मूल्याङ्कन गर्नुहोस्।भाग्यले साथ दिने सम्भावना छ। आर्थिक लाभ हुन सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
— गुरु संजिब विनोद चालिसे



NPL Special
NPL Special