काठमाडौं, नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौँ बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । शिवाकोटीले आफ्नो सामाजिक संजालमा लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’
शिवाकोटीले सामाजिक सञ्जालमार्फत नै सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपाल प्रत्यायन केन्द्रको उद्घाटन
Next Article एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँ बढ्यो सुन



NPL Special
NPL Special