काठमाडौं, सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरे ।
उनले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा केन्द्रको सञ्चालन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।
मन्त्रालयका अनुसार केन्द्रको सञ्चालनबाट अब प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणसम्बन्धी समय र खर्च घटाउन, गुणस्तर सुधार गर्न तथा विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपोखरामा सयपत्री पुष्प मेला सुरु



NPL Special
NPL Special