मेष
(चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आजको दिन उत्साह र उमङ्गले भरिपूर्ण रहनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना छ। परिवारमा सुख र शान्ति छाउनेछ। बोलीमा संयम राख्नुहोला।
वृष
(ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
आज आर्थिक पक्ष बलियो बन्नेछ। नयाँ कामको योजना बनाउन अनुकूल समय छ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। अनावश्यक खर्चबाट बच्नुहोला।
मिथुन
(का, की, कु, घ, ङ, छ, के, को, हा)
नयाँ अवसर प्राप्त हुन सक्छ। अध्ययन तथा लेखन कार्यमा सफलता मिल्नेछ। आफन्तसँग भेटघाट हुने योग छ। काममा एकाग्रता बढाउनुहोला। यात्रामा सावधानी अपनाउनुहोला।
कर्कट
(ही, हु, हे, हो, डा, डी, डू, डे, डो)
मनमा नयाँ उत्साह जाग्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। रोकिएका काम बन्ने सम्भावना छ। आर्थिक कारोबार गर्दा सोचविचार गर्नुहोला। स्वास्थ्यप्रति ध्यान दिनुहोला।
सिंह
(मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
मानसम्मान र प्रतिष्ठा बढ्ने दिन छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। नयाँ योजनाले राम्रो परिणाम दिन सक्छ। रिस र अहंकारबाट टाढा रहनुहोला।
कन्या
(टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
बुद्धि र विवेकको प्रयोगबाट सफलता मिल्नेछ। व्यापारमा सुधार आउनेछ। विद्यार्थीहरूका लागि दिन राम्रो रहनेछ। पारिवारिक विषयमा सकारात्मक निर्णय लिन सकिनेछ। बोलीमा मिठास राख्नुहोला।
तुला
(रा, री, रू, रे, रो, ता, ती, तू, ते)
बुद्धि र विवेकको प्रयोगबाट सफलता मिल्नेछ। व्यापारमा सुधार आउनेछ। विद्यार्थीहरूका लागि दिन राम्रो रहनेछ। पारिवारिक विषयमा सकारात्मक निर्णय लिन सकिनेछ। बोलीमा मिठास राख्नुहोला।
वृश्चिक
(तो, ना, नी, नू, ने, नो, या, यी, यू)
साहस र पराक्रम बढ्नेछ। रोकिएका कामहरू पूरा गर्न प्रयास सफल हुनेछ। दाजुभाइ तथा साथीभाइको सहयोग मिल्नेछ। आर्थिक कारोबारमा सतर्क रहनुहोला। धैर्यले काम लिनुहोला।
धनु
(ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यले साथ दिने सम्भावना छ। गुरुजनको आशीर्वाद प्राप्त हुनेछ। अध्ययन तथा यात्राका लागि दिन अनुकूल छ। नयाँ अवसरलाई सदुपयोग गर्नुहोला।
मकर
(भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
मेहनतअनुसार उपलब्धि प्राप्त हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आर्थिक योजना बनाउन राम्रो समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। हतारमा निर्णय नगर्नुहोला।
कुम्भ
(गु, गे, गो, सा, सी, सू, से, सो, दा)
सामाजिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ विचारले राम्रो परिणाम दिन सक्छ। साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। आम्दानीका नयाँ सम्भावना देखिन सक्छन्। अनावश्यक विवादबाट बच्नुहोला।
मीन
(दी दू, थ, झ, ञ, दे, दो, चा, ची)
मन प्रसन्न रहनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ। परिवारमा सुखद वातावरण बन्नेछ। कामकाजमा सफलता प्राप्त हुनेछ। खर्चमा नियन्त्रण राख्नुहोला।
— गुरु संजिब विनोद चालिसे



NPL Special
NPL Special