काठमाडौं, इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल एकआपसमा ठोक्किँदा कैयौँ यात्रु घाइते भएका इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले जनाएको छ ।
काएरो-आस्वानको गिजा-फायुम मार्गमा एउटा रेलले अर्को रेललाई ठक्कर दिँदा दुवै रेलमा रहेका यात्रीहरू घाइते भएका हुन् ।
दुर्घटनाग्रस्त भएको प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई अस्पताल लगिएको जनाएको छ । आपतकालीन टोली र क्रेनहरू घटनास्थललाई खाली गर्न र बाँकी डिब्बाहरू यथाशीघ्र दुवै दिशामा पठाई सेवा पुनःस्थापना गर्न पठाइएको प्राधिकरणले जनाएको छ ।
इजिप्टको सरकारी पत्रिका एल-योमले दिउको प्रारम्भिक सूचनामा दुर्घटनामा ६० जना घाइते भएको जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराइफलको गोलीसहित एक जना पक्राउ
Next Article आजको राशिफल । कार्तिक २३, २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special