काठमाडौं, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले शनिबार राति बहराइनस्थित दुई अमेरिकी सैन्य अखडाका राडारलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
आईआरजीसीका अनुसार अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणालीसँग सम्बन्धित दुई राडारलाई अल–रिफा र अवाली सखिर सैन्य अखडामा निशाना बनाइएको हो। इरानी हवाई क्षेत्रमा अमेरिकी ड्रोन प्रवेश गरेको भन्दै उसले उक्त आक्रमणलाई जवाफी कारबाही भनेको छ।
यसैबीच, बहराइनको गृह मन्त्रालयले इरानी आक्रमणबाट एक औद्योगिक क्षेत्रमा आगलागी भएको जनाएको छ। बहराइनको रक्षा बलका अनुसार हवाई रक्षा प्रणालीले इरानी आक्रमण विफल पार्दा खसेको अवशेषबाट सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति भएको छैन।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई युद्धको कार्य भन्दै त्यसलाई तोड्न आवश्यक कदम चाल्ने बताएका छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। त्यसयता इरानले प्रत्याक्रमण गर्दै स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कडा बनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special