काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित चीन भ्रमणलाई लिएर दक्षिण कोरियाको गुप्तचर निकायले निगरानी बढाएको छ। दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटमा किमको चीन भ्रमण हुन सक्ने सङ्केत गर्नुभएको थियो।
केबीएसका अनुसार किमको सम्भावित भ्रमणको तयारीस्वरूप चीनको सीमावर्ती सहर डान्डोङमा आपत्कालीन आदेश जारी गरिएको छ। किमले गत अक्टोबरमा पनि उक्त सहरको अघोषित भ्रमण गर्नुभएको थियो। दक्षिण कोरियाको गुप्तचर निकायले घटनाक्रम निगरानी गरिरहेको जनाएको छ भने राष्ट्रपति कार्यालयले सीले किमको भ्रमणबारे त्यस्तो सङ्केत नगरेको स्पष्ट पारेको छ।
चीन उत्तर कोरियाको प्रमुख व्यापारिक तथा कूटनीतिक साझेदार हो। सम्भावित भ्रमणमा किम र सीबीच अमेरिका–चीन वार्ताको परिणाम तथा रुससँगको सम्भावित त्रिपक्षीय शिखर बैठकबारे छलफल हुन सक्ने विश्लेषकहरूको अनुमान छ।


NPL Special
NPL Special
NPL Special
NPL Special