काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज भइरहेको २४औँ खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौँका कप्तान करण केसीले सुदूरपश्चिम रोयल्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। अब सुदूरपश्चिमले निर्धारित २० ओभरमा काठमाडौँसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्नेछ।
अंक तालिकाको समीकरणका हिसाबले आजको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण रहेको छ। काठमाडौँको यो छैटौं लिग खेल हो भने सुदूरपश्चिमले लिग चरणको आफ्नो सातौं तथा अन्तिम खेल खेलिरहेको छ। प्लेअफमा स्थान सुरक्षित गर्न दुवै टोलीलाई जितको खाँचो छ, जसका कारण आजको खेलमा दुवै टिमले प्लेइङ ११ मा केही महत्त्वपूर्ण परिवर्तनसमेत गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनारायणी किनारमा ‘दुर्व्यसनी’ बढे


NPL Special
NPL Special
NPL Special
NPL Special