काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि जारी फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो।
लुम्बिनीका लागि दिलिप नाथले अविजित ३९ रन बनाए भने कप्तान रोहित पौडेलले ३० र डार्सी शर्टले २१ रनको योगदान दिए। अलि शेखले आक्रामक ब्याटिङ गर्दै १२ बलमा २४ रन जोडे। उनले दुई छक्का र दुई चौका प्रहार गरे।
सुदूरपश्चिमका स्कट कुगलेइनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले एक–एक विकेट हात पारे।
लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको लुम्बिनीले सुदूरपश्चिमसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सुदूरपश्चिम भने पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special