काठमाडौं, लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्ध सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको राजधानी सान जोसेनजिकै गोली हानी हत्या गरिएको छ ।
प्रहरी प्रमुख राउल रिभेराका अनुसार सोमबार सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेका थिए । उनले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताएका थिए ।
रोड्रिगेजले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिबीच सम्बन्ध रहेको दाबी गर्दै आएका थिए । राष्ट्रपति लौरा फर्नान्डिजले हत्याको निन्दा गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात बताएका छन् । गत वर्ष आफ्नो घर तस्करको पैसाबाट बनेको आरोप लगाएपछि उनले रोड्रिगेजविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
Next Article इमरान खानको स्वास्थ्य गम्भीर


NPL Special
NPL Special
NPL Special
NPL Special