काठमाडौं, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा उनलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।
स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दिनको २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको बताए । उनीहरुको दाबीअनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र तत्काल उपचार आवश्यक छ ।
छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको आरोप लगाएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकोस्टारिकामा पत्रकारको गोली हानी हत्या


NPL Special
NPL Special
NPL Special
NPL Special