काठमाडौं, दाङको घोराही–१२ मा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा ४० वर्षीय शेरमान घर्तीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। साजखर्कबाट साशर खोला जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरीले चालक तथा जिपधनीलाई नियन्त्रणमा लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special