काठमाडौं, सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ। तिहारअघि नै दर्ता भएको रिटको पेसी सोमबार तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ दुई दिनपछि सारिएको हो।
कार्कीले कात्तिक १८ गते आफूलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाउने सरकारको निर्णयविरुद्ध पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए। उनले आफूलाई हटाउने निर्णयमा कानुनी आधार नभएको, कुनै स्पष्टीकरण नसोधिएको र परामर्शसमेत नगरिएको दाबी गरेका छन्।
रिटमा निर्णय बदर गरी कार्यकाल पूरा नभएसम्म आईजीपीकै रूपमा काम गर्न दिन परमादेश माग गरिएको छ। साथै नयाँ आईजीपी मनोज केसीको नियुक्ति र दर्ज्यानी चिह्न प्रदान गर्ने निर्णयसमेत बदर गर्न माग गरिएको छ।
कार्कीले अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको पुनर्बहालीसम्बन्धी सर्वोच्च अदालतका पुराना फैसलालाई नजिरका रूपमा प्रस्तुत गरेका छन्। मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरिएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special