काठमाडौं, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर केन्द्रीय महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने भएको छ। महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनका लागि खुलामञ्च चयन गरिएको जानकारी दिएका हुन्।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा पोखरेलले निर्वाचन प्रक्रियाका लागि खुलामञ्चमै साना निर्वाचन स्टल निर्माण गरिने बताए। ती स्टलबाटै मतदान तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ।
पोखरेलका अनुसार समूहले अघि बढाएको महाधिवेशन कार्यक्रमअन्तर्गत हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन्। बाँकी जिल्लाका अधिवेशनसँगै प्रदेश अधिवेशनको मिति पनि तय भइसकेको उनले जानकारी दिए।
जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने क्रमसँगै देउवा समूहले केन्द्रीय महाधिवेशनको तयारी अघि बढाएको हो। खुलामञ्चमा निर्वाचन स्टल बनाएर मतदान गराउने योजनासहित आयोजक समिति व्यवस्थापकीय तयारीमा जुटेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special