काठमाडौं, बिपी राजमार्गअन्तर्गत धुलिखेलदेखि नमोबुद्धको दाप्चास्थित १ नम्बर पुलसम्मको २०.६ किलोमिटर सडक चौडा पारिने भएको छ। हाल करिब ५.५ मिटर चौडाइको कालोपत्रे सडकलाई १० मिटरसम्म विस्तार गर्ने योजना अघि बढाइएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। आयोजनाका लागि तीन अर्ब ७९ करोड ७८ लाख ५०० रुपैयाँ स्रोत प्रस्ताव गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ।
कार्यालय प्रमुख सुमन योगेशका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। स्रोत सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाइने र यसै वर्ष विस्तारको काम सुरु गर्ने लक्ष्य छ। आयोजना सुरु भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिनेछ।
धुलिखेलदेखि भकुण्डेबेँसीसम्म रुख कटान तथा सडकका मोड सुधार गर्नुपर्ने भएकाले काम सुरु हुन केही समय लाग्न सक्ने कार्यालयले जनाएको छ। सडक विस्तारपछि सवारीसाधनको गति प्रतिघण्टा ३० किलोमिटरबाट ६० किलोमिटरसम्म पुर्याउने लक्ष्य छ। यसले ठूला सवारीसाधनलाई नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौं आउनुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ।
२०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएपछि उक्त खण्डलाई दुई लेनमा पुनर्निर्माण गर्ने काम पनि अघि बढाइएको छ। धुलिखेलदेखि नेपालथोकसम्म करिब ५२ किलोमिटर सडक दुई लेन बनेपछि मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
समाचारलाई ६० शब्दमा छोट्याउनुहोस्बजेटको रकम स्पष्ट रूपमा सच्याउनुहोस्


NPL Special
NPL Special
NPL Special
NPL Special